arrow

अन्तर्राष्ट्रिय खुशीयाली दिवस, कुन देश सबैभन्दा खुशी ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
laugh-97-years.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । आज अन्तर्राष्ट्रिय खुशीयाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तरराष्ट्रिय खुशीयाली दिवस मनाउने घोषणा गरेको थियो ।
    
संसारभरिका मानव जीवनमा खुशी र कल्याणको महत्वलाई सार्वभौम लक्ष्य र आकांक्षाका रूपमा पहिचान गर्दै दिवस मनाउने घोषणा गरिएको हो ।

यो दिवस मनाउने सङ्कल्प भुटानले शुरू गरेको हो । भुटानले सन् १९७० को दशकको शुरूदेखि नै राष्ट्रिय आयको तुलनामा राष्ट्रिय खुशीको महत्त्वलाई पहिचान गरेको थियो । साथै राष्ट्रिय खुशीलाई लक्ष्यको रूपमा अपनाएको थियो । 

कुन देश सबैभन्दा खुशी ? 
भुटानले यसको शुरुआत गरेको भए पनि सबैभन्दा खुशी देश भने फिनल्याण्ड हो । सन् २०२४ को रिपोर्ट अनुसार फिनल्याण्ड सबैभन्दा खुशी देश हो । दोस्रो स्थानमा डेनमार्क, तेस्रो स्थानमा आइल्याण्ड, चौथो स्थानमा स्वीडेन रहेको छ । 

युद्धको चपेटामा परेको भए पनि इजरायल खुशी राष्ट्रको पाँचौँ स्थानमा रहेको छ । नेदरल्याण्ड्स छैटौँ, नर्वे सातौँ, लग्जेम्बर्ग आठौँ, स्वीट्जरल्याण्ड नवौँ तथा अष्ट्रेलिया दशौँ स्थानमा रहेको छ । 

बेलायत २० औँ तथा अमेरिका २३ औँ स्थानमा पर्दछ । सिंगापुर ३० औँ स्थानमा पर्दा जापामा ५१ औँ तथा दक्षिण कोरिया ५२ औँ स्थानमा पर्छ । 

चीन ६० औँ स्थानमा पर्छ भने नेपाल ९३ औँ स्थानमा पर्दछ । पाकिस्तान १०८ औँ, भारत १२८ औँ, श्रीलंका १२८ औँ, बंगलादेश १२९ औँ, अफगानिस्तान १४३ औँ स्थानमा रहेको छ । 

वल्ड पपुलेसन रिभ्युले १४३ देशको सूची सार्वजनिक गर्दा भुटान भने छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ