arrow

पानीको राजनीति

संरक्षण नहुँदा सुके मुहान, हानिकारक प्लास्टिकका जार र बोतलको भरमा काठमाडौँ [फोटोफिचर]

दैनिक रुपमा प्रयोग गरिने पानीका प्लास्टिकका जार र बोतलहरु हाम्रो स्वास्थ्यका लागि निकै हानिकारक रहेको अध्ययन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ९ शनिबार
water-thihi-muhan.jpg

काठमाडौँ । विश्वभर विविध कार्यक्रम गर्दै आज विश्व पानी दिवस मनाइँदै छ। प्रत्येक वर्ष मार्च २२ का दिन विश्व पानी दिवस मनाइन्छ । विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो ।

संयुक्त राष्ट्रसंघले सन २०३० सम्म विश्वका सबै जनसङ्ख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ ।

दिगो विकास लक्ष्यका कार्यक्रमअन्तर्गतको यो लक्ष्य हासिल गर्न नेपालले १५औँ आयोजनामा पानीका उपलब्ध स्रोतको संरक्षण, सम्बद्र्धन र किफायती उपयोग गर्ने नीति, रणनीति, कार्यक्रम र योजना तय गरेको भएता पनि काठमाडौँ उपत्यकाका परम्परागत ढुङ्गेधारा र अन्य विभिन्न पानीका स्रोतहरू मासिँदै र सुक्दै गएका छन्, जसका कारण उपत्यका बासीहरु पानीका लागि ट्यांकर र जारको भर पर्नु परेको छ । 

काठमाडौँमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी वितरण गर्दै आइरहेको छ । काठमाडौँ उपत्यकामा दैनिक ४७ करोड लिटर पानी आवश्यक पर्ने भएता पनि दैनिक १६ करोड लिटरमात्र केयूकेएल आपूर्ति गर्दै आएको छ । केयूकेएलले आपूर्ति गर्न नसकेको पानी ट्यांकर, जार, बोतल, इनार, बोरिङलगायत स्रोतबाट आपूर्ति हुन्छ ।

  उपत्यकामा पिउने पानीको आपूर्ति सबैभन्दा बढी जारले ओगटेको छ । नेपाल बोटल वाटर इन्डस्ट्रिज एसोसिएसनको अनुमानमा काठमाडौं उपत्यकामा दैनिक डेढदेखि दुई लाख गोटा पानीको जार बिक्री हुन्छ । 

दैनिक रुपमा प्रयोग गरिने पानीका प्लास्टिकका जार र बोतलहरु हाम्रो स्वास्थ्यका लागि निकै हानिकारक रहेको एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार एक लिटर बोतलको पानीमा औसत २ लाख ४० हजार प्लास्टिकको टुक्रा रहने बताएको छ ।

माइक्रोप्लास्टिकको साइज एक माइक्रोमिटर अर्थात् एक मिटरभन्दा १० लाख गुणा सानो हुन्छ भने यसको अधिकतम आकार ५ मिलिमिटरसम्म हुन्छ । माइक्रोप्लास्टिकभन्दा साना कणहरूलाई नैनोप्लास्टिक भनिन्छ । यो एक मिटरको एक करोडौं भाग हो ।

उपभोक्ताले कस्ता खाद्य वस्तु उपभोग गरेका छ, ती वस्तुहरू स्वास्थ्यका लागि कति फाइदाजनक र हानिकारक छन् भन्ने कुराको अनुगमन र अनुसन्धान गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नै लगभग ६ महिनादेखि जार र पानीको बोतलहरु अनुगमन नगरेको अवस्था छ । जसका कारण उपभोक्ताहरु मिति गुज्रिएको जार, पानीका बोतलबाट दैनिक पानीको आपूर्ति गर्न बाध्य छन् ।

स्वास्थ्यका लागि हानिकारक मानिएका जार, प्लास्टिकका बोतल सिंहदरबारका हरेक मन्त्रालय र मन्त्रालयका टेबल टेबलमा देखिन्छ । तर पनि यसको सही अनुगमन र अनुसन्धान भने गरिएको छैन ।

हाम्रो पानीका परम्परागत ढुङ्गेधारा (हिति) हरु मासिँदै छन् भने यस्ता हानिकारक जार र प्लास्टिक बोतलले त्यसको स्थान लिएको देखिन्छ । बढ्दो सहरीकरण सँगसँगै  पानीका मुहान संरक्षित नगरिँदा विपद् निम्तिएको हो । 

काठमाडौं महनगरपालिकाको सामाजिक विकास शाखा मार्फत अलान फाउन्डेसनले गरेको एक अध्ययनको प्रतिवेदन अनुसार महानगरभित्र १५४ वटा ढुंगेधारा तथा हिति रहेको र  जसमध्ये अनुसार ६१ वटा पानी आउने ढुंगेधारा, ५० वटा पानी नआउने, संकटमा परेर लोप हुन लागेको अवस्थाका १० वटा, हराएका २१ वटा र फेला नपरेका १२ वटा हिति तथा ढुंगेधारा रहेका छन् । 

water-day-jar-kathmandu (1).jpg
water-day-jar-kathmandu (2).jpg
water-day-jar-kathmandu (3).jpg
water-day-jar-kathmandu (4).jpg
water-day-jar-kathmandu (5).jpg
water-day-jar-kathmandu (6).jpg
water-day-jar-kathmandu (7).jpg
water-day-jar-kathmandu (8).jpg
water-day-jar-kathmandu (9).jpg
water-day-jar-kathmandu (10).jpg
water-day-jar-kathmandu (11).jpg
water-day-jar-kathmandu (12).jpg
water-day-jar-kathmandu (13).jpg
water-day-jar-kathmandu (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ