एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १५ शुक्रबार
573
Shares
काठमाडौँ। यही शनिवारदेखि सुरु हुन गइरहेको बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ मा सहभागी रहेको ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकको रूपमा साथ दिने भएको छ।
यस सम्बन्धमा बिहीबार एनसेल र ललितपुर सिटी एफसीले सम्झौता गरेका छन्। ललितपुर सिटी एफसीले एनसेल एनएसएलको आफ्नो पहिलो खेल शनिवार साँझ ६ बजे काठमाडौँ रेजर्स एफसीसँग खेल्दै छ।
यो साझेदारीले ललितपुर सिटी एफसीलाई थप उत्साह र हौसला प्रदान गरेको छ। यस सिजनमा ललितपुर सिटी एफसी बाहेक काठमाडौँ रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र एफसी चितवन गरी नेपालका सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्। “एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले एनसेल देशमा खेलकुद तथा युवा प्रतिभाको विकासमा सधैँ प्रतिबद्ध रहेको स्पष्ट पार्दछ । सबैमा उत्साह जगाउँदै सबैले मन पराउने फुटबल खेलमा आबद्ध हुन पाएकोमा खुसी छौँ,” एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने।
एनसेल एनएसएल सिजन ३ ले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ। शनिवारबाट सुरु भई वैशाख १३, २०८२ मा समापन हुने यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल सिजन ३ मा एनसेल प्रमुख प्रायोजकका रूपमा पहिला नै आबद्ध भई सकेको छ।
एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुऱ्याउँदै आएको छ। कम्पनीले फुटबल, क्रिकेट, भलिबल, गल्फलगायतका खेलहरू र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रहेर एनसेल फाउन्डेसनमार्फ पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि पनि सहयोग गर्दै आएको छ।