arrow

ढिला गरी बसेको प्रतिनिधि सभा बैठकमा तीन दलको विरोधबीच स्थगन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १७ आइतबार
parliament-81-12-17.jpg

काठमाडौँ । प्रतिनिधि सभाको आजको ढिला गरी शुरु भएको बैठक करिब २२ मिनेटको अवरोधपछि १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसदहरुले अघिल्ला बैठकहरु जस्तै प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरे । 

प्रतिपक्षी दलले अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरुले पनि सदन सञ्चालनका लागि दबाब दिँदै आ–आफ्नो ठाउँबाट उठेका थिए । त्यसपछि सभामुख घिमिरेले दुवै पक्षलाई स्थान ग्रहण गरी सभा सञ्चालनका लागि वातावरण बनाउन पटक–पटक आग्रह गरे । 

सो क्रममा दुवै पक्षले आफ्नो अडान कायम राखेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेको घोषणा गरे । 

यद्यपि १५ मिनेटपछि पनि बैठक भने चालु भएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ