arrow

विरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १७ आइतबार
parliament-12-17.jpg

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आइतबार ढिला गरी बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठेर विरोध जनाएपछि १५ मिनेटका लागि स्थगित गरिएको थियो । तर त्यसपछि पुनः बैठक बस्न सकेन ।

बैठकको कारबाही अघि बढाउन लाग्दा सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बसेर संसद्को कारबाही अघि बढाउन आग्रह गरे । तर प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका प्रतिपक्षी दलहरूले उठेर विरोध जनाए ।  

सभामुख घिमिरेले चैत्र १३ गतेदेखि प्रतिनिधि सभाको बैठक अवरोध भइरहेको भन्दै विरोध नजनाई संसद सुचारु गर्न आग्रह गरे । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै प्रतिपक्षी दलहरूले संसद अवरोध गरिरहेको र मागअनुसार प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्ने रहेको बताए । 

सभालाई सुचारु गर्न र माग पूरा गर्न आफूहरूले निरन्तर प्रयास गरेको र १८ गतेको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने सहमति जुटेको भन्दै सभा सञ्चालनका लागि आग्रह गरे । बैठकमा प्रतिपक्ष दलहरूले उठेर विरोध जनाइरहेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ