arrow

देउडीभञ्जाङबाट लडेर एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २१ बिहिबार
Makwanpurgadhi_Gaunpalika.png

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका-८ स्थित भुवनचुलि देउडीभञ्जाङबाट लडेर बुधबार एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा हेटाैँडा उपमहानगरपालिका वडा नं १६ चिसापानी निवासी ३८ वर्षीय मिलन दङ्गाल छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुुसार देउडी भञ्ज्याङबाट करिब ५० मिटर मदनभण्डारी लोकमार्गको दायाँ साइडको नालामा लडेर मिलनको मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको र घटना शङ्कास्पद देखिएकाले सोधपुछ तथा अनुसन्धानको लागि सात जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको डीएसपी अर्यालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ