arrow

एनसेल बाह्रखरी गल्फको उपाधि दोर्जेलाई, पाए सुनको बल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २४ आइतबार
ncell-12khari-golf.jpg

काठमाडौँ । ‘एनसेल बाह्रखरी गल्फ’को उपाधि दोर्जे होजाङस्टाङले जितेका छन् । बाह्रखरी मिडियाले आयोजना गरेको आठौँ संस्करणको उपाधि दोर्जेले जितेका हुन् । उपाधिसँगै उनले सुनको बल पुरस्कार जितेका छन् ।

काठमाडौँस्थित गोकर्ण गल्फ कोर्सको १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता दोर्जेले ४४ अंक जोडे । उनले फ्रन्ट नाइटमा २५ अंक जोडेका थिए भने ब्याक नाइनमा १९ अंक जोडेको थिए ।

बेस्ट ग्रसको उपाधि ३९ अंकसहित निश्चयजंग रायमाझीले जिते । सात बर्डी प्रहार गरेकानोर्बु छिरिङ शेर्पाले मोस्ट बर्डीको उपाधि जिते । 

पुरुषतर्फ राजेन्द्र श्रेष्ठले दोस्रो स्थान हासिल गरे । राजेन्द्रले ४३ अंक जोडेका थिए ।  प्रतियोगितामा भाइराजा पाण्डेले सिनियर (६० वर्षमाथि) तर्फको उपाधि जिते । उनले ३५ अंक जोडेर सिनियरतर्फको शीर्ष स्थान हासिल गरे ।

महिलातर्फको उपाधि २३ अंक जोडेकी आरती राज्यलक्ष्मी रानाले जितिन् । उनले  थिइन् । यस्तै उपविजेता बनेकी आर्सिया बानुले २२ अंक जोडिन् ।

क्लोजेस्ट टु द पिनको उपाधि पनि दोर्जेले जिते । दोर्जेले ‘होल इन वन’ को पुरस्कारमा ‘बीवाईडी’को ‘अट्टो थ्री’ गाडी जित्न करिब दुई फिटले चुकेका थिए । 

लंगेस्ट ड्राइभको उपाधि अस्माङ कार्कीले जिते । उनले करिब २५८ यार्ड लामो ड्राइभ प्रहार गरेका थिए । प्रतियोगितामा महिला र पुरुषगरी कुल ९६ गल्फरले सहभागिता जनाएका थिए ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विजेताहरुलाई पुरस्कृत गरे । सो अवसरमा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधानले आफूहरूले गल्फ क्षेत्रसँग सम्बन्धित विविध पक्षलाई समेटेर पर्यटनमा सहयोग पुर्‍याउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले सिम्फोजियम र गल्फ प्रतियोगिताले मानिसहरूमा पर्यटन, अर्थ र गल्फको समेतको चेतना बढाउन सकेको बताए ।

समापनमा एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले प्रतियोगितामा विजेता खेलाडीलाई बधाई दिए ।

प्रतियोगितामा नेपालसँगै भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका गल्फरको समेत सहभागिता थियो । नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि गल्फ प्रतियोगितामा सहभागी थिए ।

यसैगरी प्रतियोगितामा काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगन्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधीश र केही सरकारी उच्च अधिकारीले सहभागिता जनाएका थिए ।

यस वर्ष कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमको प्रमुख प्रायोजक विगतका वर्षहरूमा जस्तै एनसेल रहेको थियो । यो वर्ष एनसेलको ‘एनसेल फर बिजनेस’ले प्रमुख प्रायोजकको भूमिका गरेको हो । 

एनसेल फर बिजनेसले नेपालको बिजनेस कम्युनिटीलाई उच्चस्तरको विश्वस्तरीय सेवाहरू र कनेक्टिभिटीलगायत डिजिटलाइजेसनका लागि विभिन्न सुविधाहरू प्रदान गर्दै आएको छ ।

त्यसैगरी, विद्युतीय गाडी बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंक र खुकुरी रम उत्पादक कम्पनी द नेपाल डिस्टिलरिज प्रालि कार्यक्रममा ‘इन एसोसिएसन विथ’ अर्थात् प्रमुख सहकार्य कम्पनी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ