अफगानिस्तानविरुद्ध टस हारेर नेपाल बलिङमा, जित्नुपर्ने दबाब
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २४ आइतबार
528
Shares
काठमाडौँ । नेपाल यू-१९ र अफगानिस्तानको यू-१९ क्रिकेट टोलीबीच तीन खेलको एक दिवसीय शृङ्खलाअन्तर्गत आज दोस्रो खेलमा नेपालले टस हारेको छ ।
मुलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको छ । यससँगै नेपालले अब पहिला बलिङ गर्नेछ । यू-१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीस्वरुप नेपाल र अफगानिस्तानले अभ्यास खेल्न लागेका हुन् ।
यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो । अफगानिस्तानले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।
यो सिरिजमा हारबाट जोगिन नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ । यदि नेपाल आजको खेलमा पराजित भएमा यस सिरिजको उपाधि अफगानिस्तानले जित्ने छ । त्यसैले पनि आज नेपाललाई जित्नैपर्ने दबाब छ ।
अर्को साता नेपालमा नै आयोजना हुने एसिया छनोटमा नेपाल र अफगानिस्तान, हङकङ, युएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।