नयाँ वर्षमा सीजीले सार्वजनिक गर्यो क्रोम्प्टनमा ठूलो हर्ष योजना
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २४ आइतबार
633
Shares
काठमाडौँ । नयाँ वर्ष २०८२ को उल्लासमय अवसरलाई ध्यानमा राख्दै सीजी इलेक्ट्रोनिक्सले ग्राहकहरूको लागि रोमाञ्चक योजना घोषणा गरेको छ ।
“नयाँ वर्षको ठूलो हर्ष” योजना अन्तर्गत, क्रोम्प्टन उत्पादनहरू खरिद गर्ने ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी आकर्षक उपहार जित्ने मौका पाउने छन् ।
सीजीले विज्ञप्ति जारी गरी जनाए अनुसार यो योजना अन्तर्गत बम्पर लक्की ड्रमा माइडियाको ४८२ लिटरको एसबीएस रेफ्रिजिरेटर तथा मासिक लक्की ड्रमा माइडिया १० केजी वाशिङ मेशिन रहेको छ ।
क्रोम्प्टनको ८५ वर्षको दीर्घ इतिहासमा नवप्रवर्तन र उच्च गुणस्तरको उपकरणहरूको उत्पादनले ग्राहकहरूलाई सन्तुष्ट राख्दै आएको छ । नेपालमा सीजी इलेक्ट्रोनिक्स सँगको साझेदारीले क्रोम्प्टनको भरोसा अझै मजबुत बनाएको दाबी गरिएको छ ।
सीजी इलेक्ट्रोनिक्स, सीजी कर्प ग्लोबलको एक प्रतिष्ठित शाखा, नेपालमा विश्वस्तरीय इलेक्ट्रोनिक्स समाधानहरू ल्याउन प्रतिबद्ध रहको जनाएको छ ।
नयाँ वर्षको शुभकामना दिँदै सीजीले यो योजना चैत्र २१ गतेदेखि नेपालभरि लागू गरेको जनाएको छ ।
सीमित समयका लागि उपलब्ध यो अवसरको लाभ उठाउन ग्राहकहरूलाई नजिकको डिलर वा अधिकृत विक्रेतासँग सम्पर्क गर्न पनि सीजीले आग्रह गरेको छ ।