arrow

नेपालले योगामा जित्यो दुई स्वर्णसहित छ पदक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
yoga-championship-nepal.jpg

काठमाडौँ । नेपालले १६ औँ विश्व योगासन च्याम्पियनशिपमा २ स्वर्णसहित ६ पदक जितेको छ । नेपालले थप १ रजत र ३ कास्य पदक पनि जित्यो ।

मलेसियाको क्वाललम्पुरमा चैत २३ र २४ गतेसम्म भएको प्रतियोगितामा ९ देखि ११ वर्ष उमेर समूहमा प्रयासजंग चौहान र १२ देखि १४ वर्ष उमेर समूहमा प्रत्युषा खतिवडाले स्वर्ण पदक जिते । 

९ देखि ११ वर्ष उमेर समूहमा अमिष पटेलले रजत पदक प्राप्त गरे । सोही उमेरसमूहमा किरन मगर र संस्कृती चौलागाईं तथा १५ देखि १७ वर्ष उमेर समूहमा सुन्दर सार्कीले कास्य पदक प्राप्त गरेका छन् । 

२३ राष्ट्रका १ सय ५३ खेलाडी सहभागी प्रतियोगितामा नेपालबाट ३१ जना खेलाडी सहभागी भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ