arrow

राप्रपा आन्दोलनमा उत्रियो, मंगलबार बाँके कोहलपुर बन्दको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
rpp-raprapa.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणालगायतलाई रिहाइको माग गर्दै राप्रपा आन्दोलित भएको छ । 

उनीहरुको निःशर्त रिहाइको माग गर्दै मंगलबार बाँकेको कोहलपुर बन्दको घोषणा गरेको छ । राप्रपाका अनुसार मंगलबार बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म बाँकेको कोहलपुर चौराह केन्द्र बनाई पूर्व–पश्चिम, उत्तर–दक्षिण राजमार्गमा चल्ने सम्पूर्ण यातायातका साधनहरु बन्द गरिने भएको छ । 

उक्त बन्द सँगसँगै राप्रपाले आस्थाको बन्दीलाई रिहाइ, झुटा मुद्दा खारेजी, राज्य आतंक बन्द तथा तीनकुने घटनाको न्यायिक छानबिन समिति गठन गर्न माग गरेको छ । 

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक आन्दोलन उक्साउन मद्धत गरेको भन्दै प्रहरीले मिश्र र राणा लगायतलाई पक्राउ गरी कानूनी कारबाही अगाडि बढाएको हो । 

उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो भने सय भन्दा बढी घाइते भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ