arrow

बारमा दोस्रो दिनको गणना जारी, अन्तर बढाउँदै मिश्रको प्यानल [विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
Nepal-bar-association.jpeg

काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमिति चयनका लागि मतगणना भइरहेको छ । मंगलबार दोस्रो दिन पनि शुरुआतदेखि नै बृहत लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानून व्यवसायी समूहले अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । 

सो समूहले व्यावसायिक कानून व्यवसायी समूहलाई पछि पार्दै लगेको छ । अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले व्यवसायिकका अध्यक्षका उम्मेदवारसँगको मतान्तर बढाएका छन् । मंगलबारको पछिल्लो गणनाअनुसार मिश्रले ७६२ मत ल्याउँदा श्रेष्ठले ४५९ मतमात्र ल्याएका छन् । 

बारमा अध्यक्षका लागि समूहगत दुई र स्वतन्त्र तीन जना गरी पाँच जनाबीच भिडन्त भइरहेको छ । अधिवक्ता राजु कैतीले ५, अधिवक्ता उज्वल घिमिरे  २ र अधिवक्ता आषिश पौडेलले ६ मत पाएका छन् । 

वरिष्ठ अविधक्ताद्वय प्राडा मिश्र र श्रेष्ठ फरक–फरक प्यालन नै बनाएर चुनावमा प्रतिस्पर्धामा छन् । सबै पदमा मिश्र प्यानल अगाडि छ । 

 प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मतदात नौ हजार ९५७ रहेकामा ७ हजार ९९५ मत खसेको छ । 

बारको २५ नयाँ कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ