arrow

रविन्द्र र धवललाई थप १५ दिन हिरासतमा राखिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
dhawal-rabindra-arrest.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणालाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । मंगलबार अदालतले १५ दिन म्याद थप गरेको हो ।

उनीहरुमाथि गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनलाई हिंसात्मक बनाउन संलग्न भएको तथा उक्साएको आरोप छ । उक्त आरोपमा पक्राउ गरिएका मिश्र र राणासहित २० जनामाथि अनुसन्धानका लागि १५ दिनको म्याद थप भएको हो । 

अन्य बाँकीलाई २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । 

अदालतले दुई नेतासहित ४१ जनालाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले नेपाल प्रेसलाई जानकारी दिए ।

पक्राउ परेकामध्ये आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलो पटक अघिल्लो आइतबार पाँच दिनको म्याद थप गरिएको थियो । 

गत साता बुधबार दोस्रो पटक ६ दिन म्याद थपिएको थियो । यसपालि भने समय बढाइएको छ । 

राजावादीको आन्दोलन र लुटपाटमा संलग्न गरी ६६ जना पक्राउ परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ