arrow

सेन्सेइ ब्राण्डले ल्यायो एक्स–पल्स दिने आकर्षक नयाँ वर्ष योजना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २७ बुधबार
cg-sensei-81-12-26.jpg

काठमाडौँ । चौधरी ग्रुपको सीजी इलेकट्रोनिक्स अन्तर्गत सेन्सेइ ब्रान्डले नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष सबैलाई एक्स–पल्स सेन्सेइ किन्नेलाई’ अभियान सुरु गरेको छ । यस अभियान अन्तर्गत सेन्सेइ ब्रान्डका घरायसी  सामानहरुको खरिदमा  आकर्षक क्यासब्याक र स्योर सट उपहारहरूका साथै बम्पर लक्की ड्रमा हिरो एक्स पल्स बाईक पाउन सक्ने छन् । 

सेन्सेइका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत गर्ने, उच्च प्रदर्शन गर्ने र टिकाउ हुने वाचा सीजीले गरेको छ । 

यस अभियान अन्तर्गत, ग्राहकहरूले सेन्सेइका घरायसी उपकरणहरू खरिद गर्दा २५ प्रतिशतसम्म क्यासब्याक र स्योर सट उपहारहरू जस्तै एलईडी टीभी ५० इन्च र माथिमा एमआई एयर पड, सेमी(अटोमेटिक वाशिङ मेसिनमा २ किलो एरियल र फ्रन्ट(लोड वाशिङ मेसिनमा ६ किलो एरियल प्राप्त गर्न सक्ने सीजीले जनाएको छ । यो अवसरले ग्राहकहरूको नयाँ वर्षलाई अझ स्मरणीय बनाउने दाबी सीजीको छ ।

लक्की ड्रमा सहभागी हुन बिज्ञापनमा दिइएको क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण भरी सहभागी हुन सक्न कम्पनीले जनाएको छ ।

ग्राहकहरूको सुविधाका लागि, सीजी इलेकट्रोनिक्सले पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने र नयाँ उत्पादनहरूको लागि शून्य प्रतिशत ईएमआई किस्ता भुक्तानीको सुविधा उपलब्ध गराएको छ । 

क्यूआर कोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिने र ग्राहकहरूले अफरहरूको फाइदा उठाउन सक्ने पनि कम्पनीले जनाएको छ ।
सीजी इलेकट्रोनिक्स नेपालमा घरायसी सामानहरूको एक प्रमुख वितरक हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ