स्वास्थ्य, शुद्धता र प्रविधिको सन्देशसहित केन्टको नयाँ वर्ष २०८२ अफर सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २८ बिहिबार
464
Shares
काठमाडौँ। सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको केन्ट ब्रान्डले नयाँ वर्ष २०८२ को अवसरमा “१०० प्रतिशत शुद्ध पानीको प्रतिविद्धतासहित नयाँ वर्ष सुरु गरौँ” अभियान सार्वजनिक गरेको छ। यस अभियानले स्वास्थ्य, शुद्धता र प्रविधिको सन्देश दिँदै, उपभोक्ताहरूलाई केन्ट मिनिरल आरओ वाटर प्युरिफायर खरिदमा विशेष छुट तथा उपहारको अफर प्रदान गर्ने उद्देश्य राखेको छ।
केन्टका उत्पादनहरू अत्याधुनिक प्रविधिमा आधारित छन्। जसले शुद्ध पानीको सुनिश्चितता, ऊर्जा बचत र दीर्घकालीन टिकाउपन प्रदान गर्ने विश्वास दिलाउँछन्। नयाँ वर्ष अफर अन्तर्गत, केन्ट मिनिरल आरओ वाटर प्युरिफायर खरिद गर्ने ग्राहकहरूले निःशुल्क सिजी इलेक्ट्रिक केटल प्राप्त गर्ने अवसर पाउनेछन्।
केन्टका वाटर प्युरिफायरहरूमा बहुपरत शुद्धीकरण प्रक्रिया, पानीको शून्य बर्बादी, १०० प्रतिशत शुद्धता, प्राकृतिक मिनिरलको संरक्षण गर्ने प्रविधि, र यूभी एलईडी प्रविधि जस्ता विशेषताहरू रहेका छन्। जसले प्रयोगकर्तालाई उच्चस्तरको स्वास्थ्य सुरक्षा प्रदान गर्छ।
ग्राहकहरूलाई थप सुविधा
१२ महिनाको वारेन्टी
निःशुल्क होम डेलिभरी
शून्य प्रतिशत मासिक किस्तामा खरिद (०% प्रतिशत ईएमआई)
निःशुल्क जडान सेवा
यस अफरको थप जानकारीका लागि क्युआर कोड स्क्यान गर्न सकिने व्यवस्था गरिएको छ।
सिजी इलेक्ट्रोनिक्स नेपालमा घरायसी उपकरणको एक प्रमुख वितरक हो, जसले अन्तर्राष्ट्रिय स्तरका केन्ट जस्ता गुणस्तरीय ब्रान्डहरूलाई नेपाली उपभोक्तामाझ ल्याउँदै प्रविधिमैत्री, सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउँदै आएको छ।
यस नयाँ वर्ष अफरले ग्राहकहरूलाई स्वस्थ, सुरक्षित र प्रविधियुक्त जीवनशैलीतर्फ प्रेरित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।