arrow

नयाँ वर्षमा एलिका ब्रान्डका उत्पादनहरूमा “नयाँ पकाउने अनुभवसँग उज्यालो बनाऔँ” अफर सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २८ बिहिबार
cg-elica-new-year-Offer-2025.jpg

काठमाडौँ। नयाँ वर्ष २०८२ को अवसरमा सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको एलिका ब्रान्डले “नयाँ पकाउने अनुभवसँग उज्यालो बनाऔँ” भन्ने नारासहित विशेष नयाँ वर्ष अफर सार्वजनिक गरेको छ। यस अभियानमार्फत ग्राहकहरूले एलिकाका आधुनिक प्रविधियुक्त भान्साजन्य उपकरणहरूमा विशेष छुट तथा उपहार प्राप्त गर्ने मौका पाउनेछन्।

अभियानको मुख्य उद्देश्य ग्राहकहरूको खाना पकाउने अनुभवलाई अझ सहज, सुविधाजनक र रमाइलो बनाउने रहेको छ। एलिकाका उत्पादनहरू नवीनतम प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत, उत्कृष्ट कार्यक्षमता र दीर्घकालीन टिकाउपन सुनिश्चित गर्छन्।

यस अभियान अन्तर्गत, ग्राहकहरूले

  • कुकटप / हब
  • कुकिङ रेन्ज
  • बिल्ट–इन ओभन वा माइक्रोवेभ
  • र चिम्नी

जस्ता एलिकाका भान्साजन्य उपकरणहरू खरिद गर्दा निःशुल्क सिजी इलेक्ट्रिक केटल प्राप्त गर्न सक्नेछन्। यस अफरले ग्राहकहरूको नयाँ वर्षलाई झनै उपयोगी, स्वादिलो र उत्साहजनक बनाउने कम्पनीको अपेक्षा छ।

ग्राहकहरूको सहजताको लागि सिजी इलेक्ट्रोनिक्सले

  • १५ वर्षको वारेन्टी
  • निःशुल्क घरमै सेवा (डेलिभरी)
  • शून्य प्रतिशत मासिक किस्तामा सुविधा (०% ईएमआई)
  • निःशुल्क जडान सेवा र पुराना उपकरणहरू सजिलै साट्ने (एक्सचेन्ज) सुविधाप्रदान गरिरहेको छ।

यस अफरको विस्तृत जानकारीका लागि क्युआर कोड स्क्यान गर्न सकिने व्यवस्था गरिएको छ। जसबाट ग्राहकहरूले सबै जानकारी सजिलै प्राप्त गरी अफरको फाइदा लिन सक्नेछन्।

सिजी इलेक्ट्रोनिक्स नेपालमा घरायसी सामग्रीहरूको एक अग्रणी वितरक हो। अन्तर्राष्ट्रिय स्तरमा स्थापित एलिका जस्ता ब्रान्डहरूको प्रतिनिधित्व गर्दै, कम्पनीले नेपाली उपभोक्तालाई गुणस्तरीय, प्रविधिमैत्री र भरपर्दो सेवा प्रदान गर्दै आएको छ।

नयाँ वर्षको सुरुवातसँगै ग्राहकहरूको भान्सामा सजिलो, सुलभ र सन्तोषजनक अनुभव दिलाउने उद्देश्यले कम्पनीले यो अभियान सञ्चालन गरेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ