फूलै संसार: शुरू भयो हर्टिकल्चर एक्स्पो [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २८ बिहिबार
487
Shares
काठमाडौँ । बिहीबारदेखि नर्सरी व्यवसायी संघ नेपालले ‘नेसनल हर्टिकल्चर एक्स्पो’ आयोजना गरेको छ ।एक्स्पो ३१ चैतसम्म हुनेछ । एक्स्पोमा पुष्प, फलफूल, कृषि वन र जडीबुटी नर्सरीका ७ सयभन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।
मेलामा ७० व्यावसायिक, ३ फुड, ८ अफिसियल तथा प्रतिष्पर्धाको ५ समेत कुल ८६ स्टल छन् । मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रतिव्यक्ति १ सय तथा विद्यार्थी र ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकिएको छ ।