काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उनको राजीनामा स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीको दबाब थेग्न नसकेको भन्दै उनले राजीनामा दिएको बताएका थिए । कुलपति ओलीले राम्रा काममा साथ दिनुको सट्टा सर्वोच्चको फैसलाविपरीत करार र अस्थायी प्राध्यापक तथा कर्मचारीलाई स्थायी गराउन दबाब दिएपछि बरालले १५ चैतमा राजीनामा दिएको जनाएका थिए ।
उनले राजीनामा दिएको दुई सातापछि आज स्वीकृत भएको हो ।