arrow

समितिको मस्यौदा वार्षिक प्रतिवेदनमाथि छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ५ शुक्रबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । 

बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१-०८२ माथि छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । 

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरूको सम्बन्धमा कानून मन्त्रालयसँग छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ