मुस्ताङ । कोरला नाका जोड्न वारागुङ मुक्तिक्षेत्र ३ छुसाङस्थित नरसिंह खोलामा निर्माण सम्पन्न भई छुसाङ खोला पुल सञ्चालनमा आएको छ । पृष्ठभूमिमा आकर्षक पहाड देखिँदा पर्यटकीय आकर्षण अझ बढेको छ ।
कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले छुसाङको नरसिंह खोलामा पुल निर्माण गरेसँगै उपल्लो मुस्ताङ र चीनसँगको सीमामा रहेको कोरलानाका आवतजावत गर्न सवारीसाधनलाई निकै सहज भएको छ । रासस