arrow

यसरी पक्राउ परे राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाही [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ७ आइतबार
lingdeen.jpg

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ  र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले सिंहदरबारबाट पक्राउ गरेको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट बाहिर निस्कने क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। साथै उनीहरुसहित कार्यकर्तालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

उनीहरूले आफ्ना नेताहरूको रिहाइको माग गर्दै सिंहदरबारमा पर्चा देखाएपछि प्रहरीले पक्राउ गरेको हो। राप्रपाले सिंहदरबार भित्र पर्चा देखाउनुलाई नै निषेधाज्ञा तोडेको बताएको छ । 

यसअघि उनीहरू संसदीय दलको कार्यालयमा नजरबन्दमा परेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ