यसरी पक्राउ परे राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाही [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ७ आइतबार
1k
Shares
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले सिंहदरबारबाट पक्राउ गरेको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट बाहिर निस्कने क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। साथै उनीहरुसहित कार्यकर्तालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरूले आफ्ना नेताहरूको रिहाइको माग गर्दै सिंहदरबारमा पर्चा देखाएपछि प्रहरीले पक्राउ गरेको हो। राप्रपाले सिंहदरबार भित्र पर्चा देखाउनुलाई नै निषेधाज्ञा तोडेको बताएको छ ।
यसअघि उनीहरू संसदीय दलको कार्यालयमा नजरबन्दमा परेका थिए।