arrow

सशस्त्र कडा सुरक्षाबीच ल क्याम्पसको मतदान सम्पन्न [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ८ सोमबार
law-campus-election-2082i.jpg

काठमाडौँ । नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन सम्पन्न भएको छ । सोमबार बिहान ८ः४५ बजे शुरु भएको मतदान साँझ ५ः४५ बजेसम्म चलेको थियो । विद्युतीय प्रक्रियाबाट भएको मतदानमा १६ सय ४० को हाराहारीमा मत खसेको छ । 

दुई हजार नौ सय १८ विद्यार्थी भए पनि उक्त संख्यामा मात्रै सहभागी भएका हुन् । जसमा बीएएलएलबी, एलएलबी र एलएलएमका विद्यार्थीहरु रहेका छन् । सबैभन्दा धेरै एलएलबीका विद्यार्थी छन् । 

निर्वाचन समितिका अनुसार एक घण्टाको विश्रामपछि सर्वपक्षीय बैठक बसेर मतगणना प्रक्रिया अगाडि बढ्ने छ । 

त्रिभुवन विश्वविद्यालय अन्तर्गतमा क्याम्पसहरुमा गत चैत ५ गते निर्वाचन भए पनि ल क्याम्पसमा भने समयमा चुनाव हुन सकेको थिएन । 

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चुनाव गर्नका लागि अदालतमा दिएको उजुरीमा सुनुवाइ गर्र्दै उच्च अदालत पाटनले यथासिघ्र चुनाव गर्न परमादेश जारी गरेसँगै सोमबार मतदान भएको हो । 

यसपालि नेविसंघ एक्लै प्यानलसहित चुनावमा खडा भएको छ भने अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच चुनावी एकता भएको छ । 

मतदान भने कडा सुरक्षाबीच भएको हो । जनपदसँगै सशस्त्र प्रहरीले हतियारसहित घेरा हालेर मतदान गराएका थिए । 

सञ्चारकर्मीलाईसमेत प्रवेश निषेध गरिएको थियो । 

law-campus-election-2082w (1).jpg
law-campus-election-2082w (2).jpg
law-campus-election-2082w (3).jpg
law-campus-election-2082w (4).jpg
law-campus-election-2082w (5).jpg
law-campus-election-2082w (6).jpg
law-campus-election-2082w (7).jpg
law-campus-election-2082w (8).jpg
law-campus-election-2082w (9).jpg
law-campus-election-2082w (10).jpg
law-campus-election-2082w (11).jpg
law-campus-election-2082w (12).jpg
law-campus-election-2082w (13).jpg
law-campus-election-2082w (14).jpg
law-campus-election-2082w (15).jpg
law-campus-election-2082w (16).jpg
law-campus-election-2082w (17).jpg
law-campus-election-2082w (18).jpg
law-campus-election-2082w (19).jpg
law-campus-election-2082w (20).jpg
law-campus-election-2082w (21).jpg
law-campus-election-2082w (22).jpg
law-campus-election-2082w (23).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ