arrow

एमसीसी बन्द, सबै कर्मचारी हटाइने, के हुन्छ नेपालमा ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ११ बिहिबार
mcc.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहयोग परियोजना बन्द गर्ने भएको छ । विकासशील देशहरूमा आर्थिक वृद्धि प्रवर्धन गर्न ल्याइएको एमसीसीलाई एलन मस्कको सरकारी कार्यक्षमता विभाग (डोज) ले बन्द गर्ने भएको हो । 

संघीय खर्च घटाउने प्रयास अन्तर्गत यो कदम चालिएको सीएनएनले बताएको छ । एजेन्सीका कर्मचारीहरूलाई इमेलमार्फत यो सूचना दिइएको थियो । 

डोजले एमसीसीमा नियन्त्रण गर्न शुरू गरेको एक सातापछिमात्र यो सूचना बाहिर आएको हो । यो अनुसार एमसीसीका कर्मचारीहरूलाई अबको दुई साताभित्रै बेतलबी बिदामा राखिने सम्भावना रहेकोसमेत समाचारमा बताइएको छ । 

नेपालमा पनि सञ्चालित परियोजनाको भविष्यबारेमा खुलाइएको छैन । एमसीसी नेपालसहित ४० भन्दा बढी विकासशील देशहरूमा चलिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ