arrow

यस्तो छ वैशाख महिनाभरको प्रतिनिधि सभाको क्यालेन्डर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १२ शुक्रबार
parliament-building-new-ban.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सङ्घीय संसद्ले बैशाख भरी प्रतिनिधि सभाले गर्ने कार्यक्रमको क्यालेन्डर सार्वजनिक गरेको छ ।

प्रतिनिधि सभा अन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबारबाट शुरु भएको अधिवेशनमा यो महिनाभर बस्ने बैठकको क्यालेण्डर पारित गरेर सार्वजनिक गरेको हो ।

सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीका अनुसार यस महिनाभर १० दिन प्रतिनिधि सभाको बैठक बस्नेछ ।

त्यस्तै बैशाख १९ गते सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेलगायत कार्यसूची पनि समितिले पारित गरेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ