arrow

भाटभटेनीमा रक्सी चोर्ने सहमहामन्त्रीको छोरो प्रमाणित गर्न लिङ्देनलाई कांग्रेसको चुनौती [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १४ आइतबार
shayamss.jpg

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनको क्रममा भएको भाटभटेनी लुटपाटमा पार्टीको कुन सहमहामन्त्री छोरो संलग्न रहेको हो त्यो प्रमाणित गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन् ।

शुक्रबारको प्रतिनिधि सभामा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भाटभटेनी लुटपाटमा सहमहामन्त्रीकै छोरो भएपछि गृहमन्त्रीले हतारमा छोडेको अभिव्यक्ति दिएका थिए । उनले लुटपाटमा गएका तपाईँकै पार्टीका सहमहामन्त्रीको छोरोलाई किन छोडियो ? भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका थिए । 

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले उक्त घटनाको प्रमाणित गर्न चुनौती दिँदै आफ्नो अभिव्यक्ति फिर्ता गर्न आग्रह गरे । 

उनले भने, ‘कुन चाहिँ सहमहामन्त्रीको कुन चाहिँ छोराले भाटभटेनीबाट रक्सीको बोतल बोकेर हिँड्नुभएको हो ? प्रमाणित गर्नको लागि म आग्रह गर्दछु । होइन भने उनले आफ्नो शब्द फिर्ता लिनुपर्छ । र क्षमायाचना गर्नुपर्छ ।’

उनले कसैले पनि व्यक्तिगत वा सामूहिक रूपमा पार्टीलाई समेत लाञ्छित गरेर बोल्न नपाइने उल्लेख गर्दै सभामुखको ध्यानाकर्षण गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ