arrow

परिवार नियोजन संघको टोलीद्वारा स्वास्थ्यमन्त्री पौडेलसँग भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १४ आइतबार
pradip-poudel-2082-01-14.jpg

पोखरा । नेपाल परिवार नियोजन संघले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग भेट गरेको छ ।

नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष डा. राजेन्द्र बहादुर श्रेष्ठ नेतृत्व टोलीले आईतबार मन्त्री पौडेलसँग भेट गरेको हो ।

परिवार नियोजन संघको अवस्था वारे जानकारी दिन र सरकारसँग सहकार्यका लागि अनुरोध गर्न टोलीले स्वास्थ्य मन्त्री पौडेलसँग भेटघाट गरेको नेपाल परिवार नियोजन संघ कास्कीका शाखाका सभापति नवीन सिग्देलले जानकारी दिए ।

भेटका क्रममा स्वास्थ्य मन्त्री पौडेलले समयको माग अनुसार कार्यक्रमका जोड दिन अनुरोध गरे । ‘सरकार सहकार्यलाई तयार छ’ उनले भने, ‘हामी छलफल नै गरेर अगाडि बढौला ।’

सो अवसरमा संघका केन्द्रीय अध्यक्ष श्रेष्ठ र संघका कार्यकारी निर्देशक डा. प्रविण शाक्यले कार्यक्रमका बारेमा जानकारी गराएको थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ