रविसहित ४१ जनालाई सानोपाइला सहकारी ठगीमा मुद्दा चलाउन सिफारिस
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १४ आइतबार
962
Shares
तस्बिर –रवि र छवि ।
काठमाडौँ । प्रहरीले पर्साको सानोपाइला बचत सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित ४१ जनालाई मुद्दा चलाउन सिफारिस भएको छ ।
रकम अपचलनबारे अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएएको हो । जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको हो ।
४१ जनाविरूद्ध मुद्दा चलाउन सिफारिस भएको छ । जसमा ३० जना व्यक्ति र ११ वटा संस्थाविरूद्ध मुद्दा चलाउन प्रहरीले सुझाव दिएको छ ।
प्रहरीले २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ बिगो माग दाबी गरेको छ। जसमा रवि लामिछानेको हकमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ र पूर्व डीआईजी छविलाल जोशीको हकमा ३ करोड २४ लाख ३२ हजार ९९९ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
लामिछाने, जोशी र कुमार रम्तेल पुर्पक्षका लागि कारागारमा छन् । रवि लामिछानेविरुद्ध यो पाँचौँ सहकारी लागेको हो ।
उनी हाल उच्च अदालत तुलसीपुर बुटवल इजलासको चैत २२ गतेको आदेशअनुसार थुनामा छन् ।