arrow

लेक लागेर एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १५ सोमबार
mustang.jpeg
फाइल तस्बिर

पोखरा । मुस्ताङमा स्याङ्गजाको कालीगण्डकी गाउँपालिका वडा नं २ का ७५ वर्षीय गोपीराम गाहाको लेक लागेर ज्यान गएको छ ।

उनी मुक्तिनाथ मन्दिर दर्शन र कागबेनीमा पितृलाई तर्पण दिनका लागि शनिबार मुस्ताङ पुगेका थिए ।

प्रहरीका अनुसार उनलाई मार्फा पुग्नेवित्तिकै लेक लागेको थियो ।

गाहाको स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोम पुर्‍याइएकोमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ