arrow

टीसीएलले नयाँ इन्भर्टर एसी कम्प्रेसरमा गर्‍यो १० वर्षको वारेन्टी घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १६ मंगलबार
tcl-ac-82-1-16y.jpg

काठमाडौँ । नवीनतम प्रविधिमा आधारित विश्वप्रसिद्ध उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपालको एयर कन्डिसनिङ बजारमा नयाँ मापदण्ड स्थापना गर्दै आफ्ना नयाँ इन्भर्टर एसी सिरिजमा १० वर्षको कम्प्रेसर वारेन्टी घोषणा गरेको छ । 

यस नयाँ पहलले टीसीएलको उत्पादनको दिगोपनमा रहेको विश्वास र नेपाली उपभोक्तालाई दीर्घकालीन मूल्य प्रदान गर्ने प्रतिबद्धतालाई झल्काउँछ।

टीसीएलको नयाँ इन्भर्टर एसी सिरिज विशेषगरी नेपालको भौगोलिक र जलवायु अवस्थालाई मध्यनजर गरेर निर्माण गरिएको आधिकारिक विक्रेता चौधरी ग्रुप (सीजी) ले दाबी गरेको छ । 

बारम्बार हुने भोल्टेजको उतारचढाव, तातो गर्मी र चिसो जाडोको प्रभावलाई नियन्त्रण गर्न यी एसीहरूमा आधुनिक भोल्टेज स्टेबिलाइजेसन सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

ऊर्जा-कुशल डिजाइनले बिजुली खर्च घटाउनुका साथै वातावरणमैत्री समाधान पनि प्रदान गर्ने तथा टिकाउपनमा उत्कृष्ट, टीसीएल एसीहरूले वर्षभरि भरपर्दो आराम सुनिश्चित गर्ने बताएको छ ।

मुख्य विशेषताबारे यसो भन्छ चौधरी ग्रुप–
१. अझ प्रभावकारी ऊर्जा बचत
• स्मार्ट इन्भर्टर – ७० प्रतिशतसम्म ऊर्जा बचत
• जेन मोड 
२. उत्कृष्ट आराम र स्वास्थ्य
• द्रुत कुलिङ र हिटिङ 
• स्मार्ट एयरफ्लो 
• गोल्डेन फिन 
३. सजिलो प्रयोगको लागि सुविधा
• स्मार्ट एप कन्ट्रोल 

नयाँ इन्भर्टर एसी मोडेलहरू:
•    टीएसी–१२सीएचएसडीआई/एक्सएएफ१ (१ टन)
•    टीएसी -१८ सीएचएसडीआई / एक्सएएफ१ (१.५ टन)
•    टीएसी - २४ सीएचएसडीआई / एक्सएएफ१ (२ टन) ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ