रेशम चौधरी पक्राउ, नाउपा र जनमत पार्टीको एकता कार्यक्रम स्थगित
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १७ बुधबार
778
Shares
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। जनमत पार्टीसँग एकता घोषणा गर्ने भनिएको दिन नै उनलाई पक्राउ गरिएको हो।
चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवनबाट पक्राउ गरिएको हो । टीकापुर घटनामा अदालतको फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको र डिल्लीबजार कारागार पठाइएको प्रहरीले जनाएको छ।
सीके राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता चौधरी नेतृत्वको नाउपाबीच आज एकता घोषणा कार्यक्रम प्रज्ञा भवनमा गर्ने तयारी थियो। तर, चौधरीलाई प्रहरीले पक्राउ गरेपछि कार्यक्रम रोकिएको छ ।
रेशम चौधरीको पक्राउ र कार्यक्रमस्थलको अन्योलले दुई पार्टीको एकता प्रक्रियामा कस्तो प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी छ।