arrow

विजयलाई ‘उत्कृष्ट खेल पत्रकारिता अवार्ड’

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २१ आइतबार
bijay-nepal-journalist.jpg

पोखरा । पोखरामा रहेर दुई दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार विजय नेपाललाई ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ अन्तर्गत ‘उत्कृष्ट खेल पत्रकारिता अवार्ड’ प्रदान गरिने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै पत्रकार नेपाललाई अवार्ड प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि ३५ हजार रुपैयाँ नगदसहित अवार्ड र सम्मानपत्र छ ।

प्रतिभा छनोट समितिको संयोजकमा मञ्चका पूर्वअध्यक्ष केशव पाठक, सदस्यमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्की अध्यक्ष माधव बराल, पूर्व सम्मानित रोहितराज पराजुली एवं प्रदेश सदस्य मञ्चका अध्यक्ष एमबि आस्था मगर र महासचिव परशुराम शर्मा थिए ।

मञ्चले यही वैशाख २६ गते आयोजना गर्ने नवौं पोखरा स्पोर्टस् अवार्ड समारोहमा नेपाललाई पुरस्कार प्रदान गर्नेछ । सो अवसरमा वर्ष खेलाडीसहित विभिन्न सात विधामा अवार्ड प्रदान गरिने मञ्चका महासचिव शर्माले जानकारी दिए ।

मञ्चकै पूर्व महासचिव रहेका पत्रकार नेपाल हाल राजधानी दैनिक, आदर्श समाज दैनिक र हिमाल प्रेसमा कार्यरत छन् ।

उनले दर्जनभन्दा बढी पुरस्कार एवं सम्मान पाएका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा राष्ट्रिय खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार-२०७९ प्राप्त गरिसकेका उनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार-२०७५, ‘विन्ध्यवासिनी गीतसंगीत पत्रकारिता पुरस्कार-२०७४’, ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता-२०८०’ लगायतबाट पुरस्कृत गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ