arrow

भारत–पाक तनाव

पाकिस्तानले थाल्यो ‘अपरेशन बुन्यान–अन–मर्सूस’, भारतले पाँच सय ५० ड्रोन गर्‍यो निस्तेज

राजौरीमा प्रशासनिक अधिकारीसहित पाँच जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २७ शनिबार
pakistan-attack-india-25-5-.jpg

काठमाडौँ । पाकिस्तानले शनिबार बिहानै भारतका जम्मू–कश्मीर, पञ्जाब, राजस्थान, हरियाणा र गुजरातमा हमला गरेको छ । त्यसैगरी राजौरी, पुंछ र जम्मूमा गोलाबारी गरेको छ । 

राजौरीमा प्रशासनिक अधिकारीसहित पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानको सीमामा जोडिएको श्रीगंगानगर र हनुमानगढ जिल्लामा रेड अलर्ट जारी गरिएको छ । 

चन्डिगढ र अंबालामा हवाई हमलाको चेतावनी दिइएको छ । 

भारतीय विदेश मन्त्रालय र रक्षा मन्त्रालयले बिहान १०ः३० बजे पत्रकार सम्मेलन गर्नेछ । 

शुक्रबार बेलुकी ७ः४७ देखि राति १०ः५७ सम्म पाकिस्तानले जम्मू–कश्मीर, पंजाब, राजस्थान र गुजरातका २६ सहरमा ५५० भन्दा बढी ड्रोन आक्रमण गरेको छ । 

भारतीय सेनाले ती सबै ड्रोनलार्य निस्तेज पारेको छ । पाकिस्तानले आदमपुर, उधमपुर, पठानकोट, सूरतगढ र सिरसा एयरफिल्डमा आक्रमण गरेको जनाएको छ । 

राजौरीमा सैन्य तालिम केन्द्र, पंजाबको ब्यास ब्रह्रोस स्टोरेज फेसिलिटीमा पनि निशाना बनाइएको छ । यसको भारतले भने पुष्टि गरेको छैन । 

पाकिस्तानले ‘अपरेशन बुन्यान–अन–मर्सूस’ थालेको जनाएको छ । 

भारतले अपरेशन सिन्दूर चलाएर पाकिस्तानमा रहेका आतंकवादीका नौ ओटा स्थल ध्वस्त पारेको थियो । जहाँ सय भन्दा बढी आतंकवादीको मृत्यु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ