arrow

भयो युद्धविराम

भारत र पाकिस्तानबीच युद्धविरामको सहमति 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २७ शनिबार
sofia-kuraisi-colonel-india.jpg
तस्बिर – भारतीय सैन्य कर्णेल सोफिया कुरैशी ।

काठमाडौँ । भारत र पाकिस्तानबीच युद्धविराम गर्ने सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल एक्समा युद्धविरामका लागि भारत र पाकिस्तान सहमत भएको जानकारी दिए लगत्तै दुवै देशका अधिकारीहरुले युद्धविराम गर्ने सहमति भएको पुष्टि गरेका हुन् । 

भारतीय विदेश सचिव विक्रम मिस्रीले शनिबार दिउँसो भारत र पाकिस्तानका सैन्य कारबाही निर्देशकहरूबीच फोन वार्तालाप भएकोबताउँदै सो कुराकानीका आधारमा भारतीय समयअनुसार शनिबार साँझ ५ बजेदेखि दुवै पक्षबीच स्थल, हवाई र जल गरी तीनै क्षेत्रमा युद्ध र सैन्य क्रियाकलाप तत्काल रोक्न सहमति भएको बताए ।

यस्तै पाकिस्तानी उपप्रधान तथा विदेशमन्त्री इसक दरले पनि भारत र पाकिस्तानबीच तत्काल युद्धविरामको सहमति भएको पुष्टि गरे । दुवै पक्षबीच मे १२ (सोमबार) कुराकानी हुने जनाइएको छ । 

यता, भारत र पाकिस्तानबीच युद्धविरामको घोषणा भएपछि भारतीय रक्षा मन्त्रालयले शनिबार साँझ पत्रकार सम्मेलन गरेको छ । उक्त सम्मेलनमा सेनाकी कर्नेल सोफिया कुरैशी, वायुसेनाकी विंग कमाण्डर व्योमिका सिंह र नौसेनाका कमोडोर रघु आर नायर उपस्थित थिए ।

रक्षा मन्त्रालयको जम्मा ९ मिनेट चलेको ब्रिफिङमा कर्नेल सोफियाले पाकिस्तानले फैलाएको गलत सूचनाको बारेमा जानकारी दिएकी थिइन् । यसैबीच कमोडोर नायरले भारतीय सेना पूर्ण रूपमा सतर्क र तयार रहेको बताएका छन् । उनले यदि फेरि आक्रमण भयो भने आफूहरुले उचित जवाफ दिने पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ