एनएमबि बैङ्कको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २८ आइतबार
519
Shares
काठमाडौँ। एनएमबि बैङ्क लिमिटेड, कृषि विकास बैङ्क लि., तथा बज्र इनर्जी भेन्चर्स प्रालि बीच २४.८ मेगावाट क्षमताको कास्की जिल्ला, मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ। यस आयोजनामा एनएमबि बैङ्क लिमिटेड अगुवा बैङ्क रहने छ। २४.८ मेगावाट क्षमता रहेको बज्र मादी जलविद्युत आयोजनाको करिब लागत रु. ५ अर्ब ३५ करोड रहने जानकारी गराइएको छ भने बैङ्क तथा वित्तीय संस्थाहरूको ऋण लगानी रु. ३ अर्ब ७४ करोड ५० लाख रहनेछ। एनएमबि बैङ्क लिले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरूमा लगानी गरिसकेको छ।
त्यसै गरी, सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रबद्र्वित २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत आयोजना विस २०८१ साल कार्तिक २७ गते मध्यान्ह १२ बजे देखि व्यापारिक उत्पादन सुरु भएको जानकारी गराइयो। उक्त आयोजना एनएमबि बैङ्क लिमिटेडको अगुवाइमा कर्मचारी सञ्चय कोष तथा कृषि विकास बैङ्क लिमिटेडले ऋण लगानी गरेको छ।
नेपाल राष्ट्र बैङ्कबाट जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन, २०२२ को निर्देशन अनुसार एनएमबि बैङ्कले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम बैङ्कले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ।