भारत–पाक डीजीएमओ वार्ता जारी, सकिएपछि पत्रकार सम्मेलन
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २९ सोमबार
1.3k
Shares
तस्बिर – जम्मू-कश्मीरको जनजीवन सामान्य बन्दै ।
काठमाडौँ । भारत र पाकिस्तानकोे सैन्य अपरेशन महानिर्देशक (डाइरेक्टरल जनरल मिलिट्री अपरेशन्स, डीजीएमओ) बीच वार्ता भइरहेको छ ।
भारतले युद्धविरामपछि पाकिस्तान डीजीएमओसँग वार्ता गरिरहेको हो । वार्तामा अर्को कुनै देशले मध्यस्थता गरेको छैन ।
उक्त वार्ता सकिएपछि दिउँसो २ः३० बजे (भारतीय समयअनुसार) प्रेस सम्मेलन हुनेछ ।
संघर्ष विराम (युद्धविराम) जारी रहेको छ । दुवै देशले आफ्ना आफ्ना अपरेशन थालेसँगै अमेरिकी पहलमा संघर्षमा विराम लागेको थियो ।
बढी आक्रमण भएका भनिएका क्षेत्रहरु राजस्थान–पञ्जाब र जम्मू–कश्मीरको अवस्था सामान्य रहेको छ ।
सीमामा स्थिति सामान्य भएसँगै बजारमा चहलपहल बढेको छ । भारतीय हवाई फोर्सले भने अपरेशन सिन्दूर जारी रहेको बताएको छ । उसले आफुनो लक्ष्य हासिल गरेकोसमेत उल्लेख गरेको छ ।
समय आउना साथ यसको जवाफ दिने सेनाले जनाएको छ । अपरेशन सिन्दूर ७ मेमा शुरु भई १० मेसम्म चलेको थियो ।
सो क्रममा पाकिस्तानी गोलाबारीमा परी ७ जवान शहीद भएकोसमेत सेनाले जनाएको छ । ६० जना घाइते भएका छन् । यस बाहेक २७ सर्वसाधारण मारिएको पनि सेनाले जनाएको छ ।
अघि अप्रिल २२ मा एक नेपालीसहित २७ जना हिन्दूधर्मीलाई आतंकवादीले निर्मम हत्या गरेपछि ७ मेमा भारतले थालेको अपरेशन सिन्दूरबाट पाकिस्तानका सात सहरमा रहेका नौ आतंकवादीका स्थल ध्वस्त पारेको थियो । जसमा सय भन्दा बढी आतंकवादी मारिएका थिए ।
भारतले पाकिस्तानका ४० जना सैन्य अफिसर मारिएकोसमेत उल्लेख गरेको छ ।
पाकिस्तानले १० मेमा युद्धविराम लागू भएको तीन घण्टापछि नै युद्धविराम तोडेको थियो । ड्रोन आक्रमण गरेको थियो । यद्यपि भारतीय सेनाले त्यसलाई नष्ट गरेको उल्लेख गरेको छ ।
भारतीय सेनाले सोमबार बिहान बितेको रात जम्मू–कश्मीरसहित कुनै पनि सीमामा पाकिस्तानका तर्फबाट कुनै आक्रमण नभएको जनाएको छ ।
उनले बितेको रात शान्ति रहेको उल्लेख गरेको छ ।
यसैबीच जम्मू–कश्मीरमा बारामूलाको उरी सेक्टरमा अनएक्स्प्लोइड अर्डिनेन्स (यूएक्सओ) डिफ्युज बनाउना साथ ६ गाउँमा स्थानीयलाई जान अनुमति दिइएको छ ।
अधिकारीहरुका अनुसार कमलकोट, मधान, गौहलान, सलामाबाद बिजहामा, गंगरहिल र अवाल्टामा ७ ओटा यूएक्सओ निष्क्रिय पारिएको थियो ।