arrow

भारतीय सेनाले भन्यो – हाम्रो लडाइँ आतंकवादीसँग थियो पाकिस्तानले आफ्नो बनायो 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २९ सोमबार
abadeshkumar-bharati-25-5-1.jpg

काठमाडौँ । भारतीय सेनाले आफूहरुको लडाइँ आतंकवादविरुद्ध भए पनि पाकिस्तानले त्यसलाई आफ्नो लडाइँ बनाएको बताएको छ । 

भारत र पाकिस्तानकोे सैन्य अपरेशन महानिर्देशक (डाइरेक्टरल जनरल मिलिट्री अपरेशन्स, डीजीएमओ) बीचको वार्तापछि एयरफोर्स एयर मार्शल अवधेशकुमार भारतीले उक्त लडाइँलाई पाकिस्तानले आफ्नो लडाइँ बनाएको बताएका हुन् । 

आतंकवाद विरुद्धको अपरेशन सिन्दूरबारे लगातार दोस्रो दिन सोमबार पत्रबार सम्मेलन गर्दै सेनाका डीजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घई, नेवीका भाइस एडमिरल एएन प्रमोद र एयरफोर्स एयर मार्शल भारतीले उक्त जानकारी दिएका हुन् । 

भारतीले भने, ‘हाम्रो लडाइँ आतंकवादीहरुसँग हो । हाम्रो लडाइँ पाकिस्तानी सेनासँग हैन । पाकिस्तानी सेनाले आतंकवादीलाई साथ दियो । त्यसको हामीले जवाफ दियौँ ।’

यसअघि आइतबार साँझ एक घण्टा १० मिनेट भारतीय सेनाले पत्रकार सम्मेलन गरेको थियो । 

भारत र पाकिस्तानबीच १० मे (शनिबार साँझ ५ बजेदेखि संघर्षविराम (युद्धविराम) भएको थियो 

भारतीले आफूहरु नयाँ मिशनका लागि तयार रहेको जनाएका छन् । उनले भने, ‘म स्पष्ट शब्दमा भन्न चाहन्छु कि सबै सैन्य बेस र प्रणाली सही छन् हामी नयाँ मिशनका लागि तयार छौँ ।’

त्यस्तै एएन प्रमोदले आफूहरुका पाइलट २४ घण्टा नै अलर्ट मोडमा रहेको बताए । उनले भने, ‘नौसेना सर्भिलेन्स खोजमा लागिरहेको थियो । हामीले खतरा पहिचान गर्यौँ । जसका कारण हामीले तत्काल त्यसलाई व्यवस्थापन गर्न सक्यौँ । नयाँ प्रविधियुक्त राडारका माध्यमबाट हामीले ड्रोन, हाइस्पिड मिसाइल र एयरक्राफ्टका बारेमा जानकारी पायौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ