नरेन्द्र मोदी भन्छन् – पाकिस्तानमा कुनै सुरक्षित ठाउँ छैन जहाँ आतंकवादी चैनले रहन सकोस्
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३० मंगलबार
1.8k
Shares
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादी हमलाको जवाफ आफ्नो शर्तअनुसार दिने प्रतिबद्धता जनाएका छन् ।
पञ्जाबको आदमपुरस्थित एयरबेसमा आज भएको कार्यक्रममा बोल्दै मोदीले आतंकवादीलाई जुनसुकै ठाउँमा लुकेको भए पनि नछाड्ने बताएका हुन् ।
उनले पाकिस्तानको कुनै पनि कुना आतंकवादीका लागि सुरक्षित नभएकोसमेत ठोकुवा गरेका छन् ।
उनले भने, ‘पाकिस्तानमा यस्तो कुनै ठाउँ छैन जहाँ आतंकवादी चैनसँग बस्न सकोस्, घरमै घुसेर मार्नेछौँ ।’
उनले भने, ‘भारतमा निर्दोष मानिसको रगत बगाउने घटनाको एउटै नतिजा – विनाश र महाविनाश हुनेछ । जुन पाकिस्तानी सेनाको भरोसमा यिनीहरु बसेका थिए तिनीहरुलाई नै भारतीय सेनाको एयरफोर्स र नेभीले धुलो चटाइदिएको छ ।’
एयरबेसमा मोदीले पाकिस्तानका हर घरमा घुसेर आतंकवादीलाई मार्नेसमेत बताए । उनले भने, ‘हाम्रो ड्रोन, मिसाइलका बारेमा सोचेर पाकिस्तानलाई कयौँ दिनसम्म निद्रा आउने छैन ।’
उनले त्यहाँ एयरफोर्सका जवानहरुसँग पनि छलफल गरेका छन् । उनले सेनाको हौसला बढाएका छन् ।