सार्वजनिक स्थलमै प्रहरी जवानमाथि थप्पड हान्ने इन्स्पेक्टर निलम्बित, एसपीको नेतृत्वमा छानबिन समिति
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
916
Shares
काठमाडौँ । नागढुंगामा ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले डिउटीमै रहेका प्रहरी जवानमाथि कुटपिट गरेको घटना अनुसन्धान गर्न छानबिन समिति गठन भएको छ ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीले रानीपोखरीमै कार्यरत प्रहरी उपरीक्षक एसपी पदमबहादुर विष्टको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । समितिमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथका डीएसपी र जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना निरीक्षकसहित पाँच जना छन् । समितिलाई छानबिनका लागि एक हप्ताको समयावधि दिइएको छ ।
बुधबार दिउँसो ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख निरीक्षक जितेन्द्रकुमार साहले प्रहरी प्रभाग नागढुंगामै कार्यरत प्रहरी जवान मदन खड्कामाथि कुटपिट (गालामा चड्कन हानेका) थिए।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि निरीक्षक साहको जिम्मेवारी खोसिएको छ ।