तस्बिर – पाकिस्तानी उपप्रधान तथा विदेशमन्त्री इशाक डार, फाइल ।
काठमाडौँ । भारत र पाकिस्तान युद्धविरामलाई आइतबारसम्म लम्ब्याउन सहमत भएका छन् । भारत र पाकिस्तानले बिहीबार वार्ता गरेर जारी युद्धविरामलाई मे १८ अर्थात् आगामी आइतबारसम्म लम्ब्याउन सहमति जनाएको पाकिस्तानी उपप्रधान तथा विदेशमन्त्री इशाक डारले बताए ।
संसदलाई सम्बोधन गर्दै डारले दुवै देशका सेनाले दिनको शुरुमै सम्पर्क गरी राजनीतिक वार्ताको साथ अगाडि बढ्ने योजनासहित युद्धविरामलाई लम्ब्याउने निर्णयमा पुगेको बताए ।
युद्धविराम शुरुमा मे १० मा मे १२ सम्म रहने सहमति भएको थियो । पछि यसलाई मे १४ सम्म बढाइएको थियो । र अब मे १८ सम्म थपिएको छ ।
डारले सैन्य स्तरको सञ्चार अहिलेसम्म युद्धविराम कायम राख्न महत्वपूर्ण भूमिका खेलेको र मे १८ पछि राजनीतिक वार्ता शुरु हुने बताए ।