arrow

अपरेशन सिन्दूरबारे दुनियाँलाई बताउन भ्रमणमा निस्कदै भारतीय सांसदहरु 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
operation-sindoor-ind-pak.jpg

काठमाडौँ । भारतले पाकिस्तानमा लुकेका आतंकवादीहरुलाई समाप्त पार्न थालेको अपरेशन सिन्दूरको बारेमा जानकारी दिन भ्रमणमा गर्ने भएका छन् । 

नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकार सबै दलका सांसदहरु समेटेर २२ मेदेखि १० दिनका लागि पाँच देशमा पठाउने भएको छ । ५–६ सांसद समेटेर कूल आठ टिम बनाएर अमेरिका, बेलायत, दक्षिण अफ्रिका, कतार र यूएई जाने छन् । 

सांसदहरुले ती पाँच देशका सरकारलाई आतंकवादमाथि भारतको पक्ष बताउने भएका छन् । 

मिडिया रिपोर्टअनुसार अलग अलग पार्टीका सिनियर सांसदहरु विदेश भ्रमणमा जाने भएका छन् । 

कांग्रेस सांसद शशि थरूरलाई समूहका नेतृत्वकर्ता बनाउन सकिने बताइएको छ । एआईएमआईएम प्रमुख असदुद्धिन ओवेसी पनि टिमका हिस्सा हुने सम्भावना बताइएको छ । 

सूत्रको प्रयोग गर्दै भारतीय संचारमाध्यमहरुले जनाएअनुसार सांसदहरुसँग विदेश मन्त्रालयका एक अधिकारी र एक सरकारी प्रतिनिधि हुनेछन् । 

संसदीय कार्यमन्त्री किरेन रिजिजूले सांसदहरुको विदेश भ्रमणको समन्वय गरेको बताइएको छ । 

सांसदहरुलाई निमन्त्रणा दिइसकिएको छ । उनीहरुलाई पासपोर्ट र भ्रमणसँग आवश्यक कागजात तयार राख्नसमेत भनिएको छ । 

सरकारले गत मे ८ मा सबै दलको बैठक बोलाएको थियो । केन्द्र सरकारले मे ७ मा अपरेशन सिन्दूरमार्फत पाकिस्तानमाथि एयर स्ट्राइक गरेको थियो । 

जसमा आतंकवादीका नौ वासस्थलसँगै उडाइएको थियो भने सय भन्दा बढी आतंकवादी मारिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ