arrow

पप गायकलाई ईश्वर निन्दाको आरोपमा मृत्युदण्डको सजाय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ४ आइतबार
iran-map.gif

तेहरान। इरानको सर्वोच्च अदालतले शनिबार पप गायक अमिर हुसेन मघसौडलु ( तातालु) लाई ईश्वरको निन्दा गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ।

सन् २०२३ को डिसेम्बरमा टर्कीबाट सुपुर्दगी गरिएका तातालुलाई सुरुमा तेहरानको फौजदारी अदालतले मुस्लिम धर्म र यसका प्रवर्तकको निन्दा गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको थियो।

सर्वोच्च अदालतले उक्त फैसलालाई उल्टाउँदै मुद्दालाई अर्को अदालतमा पठाएको थियो र त्यहाँबाट उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो।

न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरले भने, “यो फैसला अब पुष्टि भएको छ र कार्यान्वयनका लागि तयारी भइरहेको छ।”

उनले थपे, “पप गायक तातालुका वकिलले पुन: सुनुवाइ र क्षमादानका लागि दुई अनुरोधहरू दर्ता गरेका छन् र यो हाल पुनरावलोकनको क्रममा छ।”

“यी अनुरोधहरू औपचारिक रूपमा दर्ता भएका छन् र पुनरावलोकनको क्रममा छन्,” जहाँगीरले भने, “उचित समयमा निर्णय घोषणा गरिनेछ।”

जहाँगीरले पहिलो पटक जनवरीमा मृत्युदण्डको घोषणा गरे पनि फैसला अन्तिम नभएको उल्लेख गरेका थिए।

इरानी गायकलाई ‘भ्रष्टाचार र वेश्यावृत्तिलाई बढावा दिएको’ र इस्लामिक गणतन्त्रविरुद्ध ‘प्रोपोगान्डा’ फैलाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ। उनी अहिले उक्त सजाय भुक्तानी गरिरहेका छन्।

तातालुलाई स्वर्गीय राष्ट्रपति इब्राहिम राइसीलगायत रूढिवादी राजनीतिज्ञहरूको समर्थन रहेको थियो।

सन् २०१५ मा उनले आणविक सम्झौताको समर्थनमा एउटा गीत सार्वजनिक गरेका थिए, जसलाई उदारवादी हसन रुहानीको शासनकालमा सरकारी सञ्चारमाध्यमले प्रचार गरेका थिए।

पक्राउ र सुपुर्दगी गर्नुअघि सन् २०१८ देखि तातालु इस्तानबुलमा बस्दै आएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ