भारतीय सेना भन्छ – पाकिस्तानले स्वर्ण मन्दिरलाई निशाना बनाएको थियो
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
1.8k
Shares
नयाँ दिल्ली । भारतीय सेनाले पाकिस्तानले अमृतसरको स्वर्ण मन्दिरलाई लक्षित गरी मिसाइल प्रहार गरेको बताएको छ । यसलाई भारतीय वायु रक्षाले विफल पारेको पनि सेनाले जनाएको छ ।
सेनाका कर्मचारीहरूले पञ्जाबमा खसालिएको पाकिस्तानी ड्रोन र मिसाइलको भग्नावशेष पनि देखाए । यसैबीच पञ्जाबको अन्तर्राष्ट्रिय सीमामा तैनाथ एक सैनिकले मे ८–९ को राति पाकिस्तानले अचानक गोलीबारी गरी घुसपैठ गर्ने प्रयास गरेको बताए ।
भारतीय सेनाले अपरेशन सिन्दूर सम्बन्धी अर्को नयाँ भिडियो जारी गरेको छ। यसमा सेनाले पाकिस्तानले चलाएको ड्रोनलाई कसरी खसाल्यो भनेर देखाएको छ। भिडियो पोस्ट गर्दा पश्चिमी कमाण्डले लेख्यो – हामीले आकाशलाई जमीनबाट जोगायौँ ।
जम्मू–कश्मीरको शोपियाँको डीके पोरा क्षेत्रमा संयुक्त अपरेशनमा सेना र सीआरपीएफले आतंककारीहरूलाई सहयोग गर्ने दुई सहयोगीहरूलाई पक्राउ गरेको छ। उनीहरूबाट दुईवटा पेस्तोल, चारवटा ग्रेनेड र ४३ वटा कारतुस बरामद गरिएको छ।