arrow

पाकिस्तानका लागि जासुसी गरेको आरोपमा युट्युबर ज्योती पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
youtuber-jyoti-india.jpg

काठमाडौँ । पाकिस्तानका लागि जासुसी गरेको आरोपमा युट्युबर ज्योती मल्होत्रा पक्राउ परेकी छिन् । भारतको राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले उनलाई हिरासतमा लिएको हो । 

एनआईएको टिम सोमबार ज्योतीसँग सोधपुछ गर्न हिसार पुगेको थियो । त्यसपछि टिमले उनलाई चन्डीगढ लिएर गएको छ । 

ज्योतीसँग आतंकवादीसँग जोडिएका विषयमा सोधपुछ हुने भारतीय सञ्चारमाध्यमहरुले विभिन्न सूत्रको प्रयोग गर्दै लेखेका छन् । 

यसअघि युट्युबर ज्योतीको इन्स्टाग्राम एकाउन्ट बन्द गरिएको थियो । उनका १ लाख ३९ हजार फलोअर्स छन् । आइतबार राति प्रहरी ज्योतीको घर पुगेको थियो । 

बताइएअनुसार ज्योती पहलगाम हमलाभन्दा पहिले कश्मीर गएकी थिइन् । उनी पहलगाम, गुलमर्ग, डल लेक, लद्धाखको प्यांगोङसँग पुगेकी थिइन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ