arrow

भारतीय सेना भन्छ – पाकिस्तानी सबै ड्रोन र मिसाइल खसाल्न स्वदेशी हतियार नै प्रभावकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
aakash-tir-india-armed.jpg

नयाँदिल्ली । भारतीय सेनाले आफ्ना स्वदेशी हतियारहरू पाकिस्तानविरुद्ध धेरै प्रभावकारी रहेको बताएको छ । आकाशतीर रक्षा प्रणाली र एल–७० वायु रक्षा बन्दुकहरूले पाकिस्तानका हरेक ड्रोन र मिसाइललाई ध्वस्त पारेको पनि भारतीय सेनाले जनाएको छ । 

पाकिस्तानले यी आक्रमणहरू मे ९ र १० मा गरेकामा भारतीय सेनाले सबै विफल बनाएको दाबी गरेको हो । एल–७० चलाउने एक सिपाहीका अनुसार यो बन्दुक धेरै प्रभावकारी रहेको छ। यसले कुनै पनि लक्ष्यलाई नष्ट गर्न सक्छ।

उनले भने, 'हामी लामो दूरीको लक्ष्य निर्धारण गर्न सक्छौं। शत्रु ड्रोनहरू खसाल्ने यसको सफलता दर शतप्रतिशत रहेको छ । भविष्यमा यदि शत्रुले भारतमा ड्रोन, मिसाइल वा विमान पठायो भने त्यसको उचित जवाफ दिइने छ।'

यसैबीच सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी राजस्थानको लोंगेवालाको सीमावर्ती क्षेत्रमा पुगेका छन् । उनले अपरेशन सिन्दूरमा महत्वपूर्ण भूमिका खेल्ने सैनिकहरूको प्रशंसा गरे ।

भारतीय वायुसेना र बीएसएफसँग गरिएको संयुक्त अपरेशनको उनले समीक्षा गरे । जैसलमेरदेखि कच्छसम्म फैलिएको मरुभूमि क्षेत्रमा सेना, वायुसेना र बीएसएफले मिलेर शत्रुको ड्रोन आक्रमणलाई विफल पारेको पनि उनले बताए ।

पाँच दिनमा जनरल द्विवेदीको यो पाँचौं सैनिक चौकीको भ्रमण हो। यसअघि उनी मे १५ मा बारामुल्लामा रहेको डगर डिभिजनको पोस्टमा पुगेका थिए । सोही दिन उनले श्रीनगर, उरी र उन्ची बस्सीको पोस्टको भ्रमण गरे र अपरेशन सिन्दूरको सफलताको लागि सैनिकहरूलाई बधाई दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ