arrow

भारतीय सेना प्रमुख द्विवेदी सैन्य पोष्टहरुमा पुगेर सेनालाई हौसला दिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
indian-army-g-upendra-dwibe.jpg
तस्बिर – भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी राजस्थानको लोंगेवाला पोष्टमा ।

नयाँदिल्ली । भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी राजस्थानको लोंगेवालाको सीमावर्ती क्षेत्रमा पुगेका छन् । सो क्षेत्रमा पुगेर उनले अपरेशन सिन्दूरमा महत्वपूर्ण भूमिका खेल्ने सैनिकहरूको प्रशंसा गरे ।

भारतीय वायुसेना र बीएसएफसँग गरिएको संयुक्त अपरेशनको उनले समीक्षा गरेका छन् । पाँच दिनमा जनरल द्विवेदीको यो पाँचौं सैनिक चौकीको भ्रमण हो । 

यसअघि उनी मे १५ मा बारामुल्लामा रहेको डगर डिभिजनको पोस्टमा पुगेका थिए। सोही दिन उनले श्रीनगर, उरी र उन्ची बस्सीको पोस्टको भ्रमण गरेर अपरेशन सिन्दूरको सफलताको लागि सैनिकहरूलाई बधाई दिएका थिए ।

भारतीय सरकार विदेशमा गएर पाकिस्तानविरुद्धको अपरेशन सिन्दूर सफलताको कथा र यसको महत्वबारे दुनियाँलाई सुनाउँदैछ भने भारतीय सेनाले आफ्ना सिपाहीलाई सफलता सुनाएर अझ बढी हौसला प्रदान गर्ने नीति लिएको छ । 

यो कदमले भारतीय सेना थप सशक्त र मजबुत हुने अपेक्षा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ