arrow

पाँचौं पटक सगरमाथा चुमेर फर्किन् पूर्णिमा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ९ शुक्रबार
purnima-shrestha-(4).jpg

काठमाडौँ । फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सर्वोच्च शिखर सगरमाथा पाँचौं पटक आरोहण गरेर काठमाडौं फर्किएकी छन् । उनी आज बिहान लुक्लाबाट काठमाडौँ आइपुगेकी हुन्।

उनले आइतबार बिहान ३ः३७ बजे पाँचौँ पटक सगरमाथा शिखर चुमेकी थिइन्। उनी सतोरी एड्भेञ्चर प्रालिमार्फत सगरमाथा चढेकी हुन् ।

यसअघि गत वर्ष यही सिजनमा श्रेष्ठले दुई हप्ताको अन्तरालमा तीन पटक सगरमाथा आरोहण गरी रेकर्ड कायम गरेकी थिइन् ।

त्यसअघि उनले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसकेकी श्रेष्ठले दोस्रो अग्लो माउण्ट केटु, ल्होत्से, मनास्लु, अन्नपूर्ण, धौलागिरी लगायतका हिमाल आरोहण गरिसकेकी छन् ।

purnima-shrestha-mountaineers-82-2-9 (3).jpeg
purnima-shrestha-mountaineers-82-2-9 (4).jpeg
purnima-shrestha-mountaineers-82-2-9 (5).jpeg
purnima-shrestha-mountaineers-82-2-9 (6).jpeg
purnima-shrestha-mountaineers-82-2-9 (1).jpeg
purnima-shrestha-mountaineers-82-2-9 (2).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ