arrow

शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ, स्वदेशमै रोजगारी सिर्जनामा देउवाको जोड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ९ शुक्रबार
deuba-08.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशमै सीपको सदुपयोग र लगानी गर्ने वातावरण सिर्जना गर्न अपरिहार्य भइसकेको बताएका छन्। साथै, उनले शिक्षा ऐन र निजामती ऐन ल्याउने कुरामा आफ्नो पार्टी दृढ रहेको बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले रोजगारी सिर्जना गरी युवा जनशक्तिलाई स्वदेशमै टिकाउने वातावरण मिलाउनुपर्नेमा जोड दिए। उनले राष्ट्रिय नीतिमै रोजगारीलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए।

देउवाले सामाजिक सुरक्षा भत्ता वितरणमा समाजवादी अवधारणाअनुसार नसक्ने वर्गलाई उपलब्ध गराउनुपर्ने र योगदानमा आधारित सामाजिक सुरक्षा असंगठित क्षेत्रका श्रमिकहरूले सहजै पाउन सक्ने व्यवस्था गर्नुपर्ने बताए। यसका लागि कानुन संशोधन गरेर व्यवहारिक रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाइ छ।

"शिक्षा ऐन, निजामती ऐन ल्याउने कुरामा पनि नेपाली कांग्रेस दृढ छ," सभापति देउवाले भन्नुभयो, "सामाजिक सुरक्षा भत्ता वितरणमा समाजवादी अवधारणा बमोजिम नसक्नेलाई उपलब्ध गराउनुपर्ने देखिन्छ भने योगदानमा आधारित सामाजिक सुरक्षा असंगठित क्षेत्रका श्रमजीवीहरूले पाउन सहज होस्, भन्नका निमित्त कानुन संशोधन गरेर व्यवहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने हुन्छ।" उनले अनौपचारिक क्षेत्रका श्रमिकका लागि श्रमिक पहिचान पञ्जीकरणका लागि स्थानीय तहमा व्यवस्था गर्न पार्टीले पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

सभापति देउवाले श्रम क्षेत्रको कानुन कार्यान्वयनमा केही समस्या रहेको गुनासो आएको भन्दै श्रम ऐनको कार्यान्वयनमा कांग्रेसले पहल गर्ने प्रतिबद्धता जनाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ