गुजरातमा पाकिस्तानीमाथि बीएसएफको गोली, एक जासुस पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १० शनिबार
1.6k
Shares
नयाँदिल्ली । भारतीय सीमामा प्रवेश गर्ने एक पाकिस्तानी घुसपैठियालाई बीएसएफले मारेको छ । घटना गएराति भएको थियो । सुरक्षा बलले शनिबार बिहान यो जानकारी दिएको हो ।
बीएसएफले भनेको छ, ‘गुजरातको बनासकांठा जिल्लामा, जवानहरूले एक शंकास्पद व्यक्तिलाई अन्तर्राष्ट्रिय सीमा पार गरिरहेको देखे । उनलाई रोक्न भनियो, जब उनी रोकिएनन्, गोली चलाइयो ।’
अर्कोतर्फ गुजरात एटीएसले पनि कच्छबाट एक पाकिस्तानी जासूसलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिले कच्छ सीमाको संवेदनशील क्षेत्रको तस्बिर पाकिस्तान पठाएका थिए।