arrow

परिमार्जित कानूनको तत्काल कार्यान्वयनमा अध्यक्ष ढकालको जोड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
chandra-dhakal-11.jpg

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय परिमार्जन भएका कानुनहरू सही रूपमा कार्यान्वयनमा आउनुपर्ने बताएका छन्। नेपाल जग्गा तथा आवास विकास संघको कार्यक्रममा बोल्दै ढकालले सरकारले निजी क्षेत्रमैत्री धेरै कानुनहरू ल्याएको भए पनि तिनको उचित कार्यान्वयन नहुँदा समस्या देखिएको औँल्याए।

उनका अनुसार, निजी क्षेत्रको निरन्तरको आग्रहपछि सरकारले यी कानुनहरू ल्याएको हो, अब तिनको सही कार्यान्वयनमार्फत मुलुकलाई अगाडि बढाउनुपर्छ। "अहिले हाम्रा जुन कानुनहरू परिवर्तन भएका छन्, वास्तवमा त्यो निजी क्षेत्रकै सुझावका आधारमा भएको हो," अध्यक्ष ढकालले भने, "धेरै कुराहरू परिवर्तन भएका छन्, कतिपय राम्रै कानुनहरू छन्, त्यसको कार्यान्वयन हुन जरुरी छ।" उनले परिवर्तित कानुनहरूको कार्यविधि र नियमावली छिटो बनाएर समयमै काम हुनुपर्नेमा जोड दिए, जसले गर्दा छिटो र राम्रो परिणाम आउनेछ।

अध्यक्ष ढकालले हदबन्दी र वर्गीकरणसम्बन्धी साँघुरा व्यवस्थाले समस्या निम्त्याएको भन्दै उच्चस्तरीय आर्थिक सुधार आयोगले सरकारलाई बुझाएको प्रतिवेदन अक्षरशः पालना हुनुपर्ने बताए। उनले निजी क्षेत्रले राजस्व र रोजगारी बढाउन सक्ने भएकाले यो क्षेत्रको विकासका लागि सरकार उदार हुनुपर्नेमा जोड दिए। विगतमा निजी क्षेत्रले दिएका सुझावहरू कार्यान्वयन नगरिएकै कारण मुलुकले आर्थिक मन्दीसम्मको सामना गर्नुपरेको उनको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ